फ्राईडे रिलिज : ‘कहिँ कतै’, ‘टिनएज’ र ‘पिरिम पर्‍या छन्’



‘कहिँ कतै’, ‘टिनएज’ र ‘पिरिम पर्‍या छन्’ सहित शुक्रवारबाट तीन नयाँ चलचित्रले एकसाथ हलमा व्यापारिक प्रतिस्पर्धा थालेका छन् ।

सविर श्रेष्ठ निर्देशित ‘कहिँ कतै’ मा डेब्यु कलाकार सोनम बरफुङ्गपा र सिवानी गिरीको प्रमुख भूमिका रहेको छ । यसमा दिलीप रायमाझी, किशोर खतिवडा, उमा ‘बेबी’ गिरीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मले प्रेमकथा पस्किएको छ ।

निर्देशक श्रेष्ठको लेखन समेत रहेको फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन र अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ ।


उमा स्वयमले निर्माण गरेको फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ ।

दिनेश पाख्रिन निर्देशित ‘टिनएज’ मा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ ।

हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

यस्तै, कमेडी जनराको फिल्म ‘पिरिम पर्‍या छन्’ मा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइरालालगायतका कलाकारले अभिनय छ । यसका निर्देशक पुरन थापा हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu