‘छिरिङ’ को ‘तिमीले त मायामा’ गीत रिलिज (भिडियो)



असोज १२ गतेलाई प्रदर्शन मिति घोेषणा गरिएको चलचित्र ‘छिरिङ’ को अफिसियल गीत सार्वजनिक भएको छ । ‘तिमीले त मायामा…’ बोलको गीतमा यशकुमारकै संगीत, शब्द र स्वर छ । उनलाई विन्दु परियारले साथ दिएकी छन् ।

गीतमा निमा रुम्बा र डेब्यु एक्ट्रेस कामना भुजेल फिचर्ड छन् । ‘कागबेनी’ रिलिजको दशकभन्दा बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो ।

दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

यसै चलचित्रबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् । यो चलचित्रमा निमा र कामनासँगै उनको पनि प्रमुख भूमिका छ ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu