‘रोजी’ गीतको म्युजिकल्ली प्रतिस्पर्धा घोषणा



भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत चलचित्र ‘रोजी’ को पहिलो गीत ‘फूल हैन…’ माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरिएको छ ।

यूट्युबमा रुचाइएको उक्त गीतमाथि इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्ने निर्देशक निरक पौडेलले बताए । संयोजक सन्ध्या थापाका अनुसार, प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्छन् भने वालमा पनि सेयर गर्न सक्नेछन् ।


विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने भएको छ । साथै, दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृद्धि दिइनेछ ।

सर्वोत्कृष्टलाई नगद १ लाखले पुरस्कृत गरिने भएको छ । गोपिकृष्ण मूभिजको युट्युव च्यानलमा समेत भिडियो पोस्ट हुने भएकाले भ्युअर्जका आधारमा उत्कृष्ट तय गरिने संयोजकले थापाले जानकारी दिइन् ।

‘फूल हैन…’ मा एलिस कार्कीको संगीत रहेको छ भने प्रविशा अधिकारी र प्रताप दासको स्वर छ । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्मित क्राइम थ्रीलर चलचित्रमा प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu