खोटाङ जिल्ला हलेशी तुवाछुङ गाउँपालिकामा २०४८ सालमा बुबा बिर्ख बहादुर सिंह र आमा रिता सुनारको कोखबाट जन्मिएका दिनेश सुनार हाल नेपाल शसस्त्र प्रहरी बल खेलकुद शाखामा राष्ट्रिय जिम्न्यास्टिक एण्ड पार्कर खेलाडीको रुपमा कार्यरत छन् ।
उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दुई पटक आफ्नो नाम लेखाई सकेका छन् । पार्कर विधामा द मस्ट ब्ल्याक ट्वीस्ट वाल इन ३० सेकेन्ड १६ पटक २०१८ मा र द मस्ट ट्वीस्टीङ्ग ब्याक फ्लिप्स वाल इन १ मिनेट मा १८ पटक २०१७ मा गरेर दुई पटक रेकर्ड राखी सकेका छन् ।
राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डको सर्टिफिकेट प्रमुख अतिथि सशस्त्र प्रहरी बलका पुर्व आइ.जी.पी.सनत कुमार बस्नेतको हातबाट ग्रहण गरे ।

कार्यक्रममा पार्कर दिनेशलाइ प्रोत्साहन स्वरूप प्रभात पश्मिना उद्योगका संचालक अमरेन्द्र मण्डल र रञ्जु रायमाझीको तर्फबाट नगद एक लाख पनि प्रदान गरियो । उक्त कार्यक्रममा पार्करको विषयवस्तुमा केन्द्रित रहेर चलचित्र निर्माणको घोषणा पनि गरियो ।
चलचित्रमा दिनेश प्रमुख भूमिकामा रहनेछन् । चलचित्र निर्देशक मिलन च्याम्सले उक्त निर्माणाधीन चलचित्रका लागि दश लाख बराबरको इक्यूपमेन्ट सहयोग गर्ने घोषणा गरे । चलचित्रको अन्य टिम र कास्ट भने फाइनल हुन बाँकी रहेको छ ।
उनि, आफ्नो कला कौशलताले देशको नाम चिनाउन लागि परेका छन् । उनि, अब तेस्रो रेकर्डको तयारीमा रहेका छन् । आफ्नो कला र मिहिनेतले बिश्व सामु आफ्नो देश र आफ्नो नाम राख्न सफल भएका दिनेश भविश्यमा यहि पार्कर क्षेत्रमा नै रहेर अझै ठुलो योगदान गर्ने योजनामा रहेका छन् ।




