‘रामकहानी’ को पोस्टर सार्वजनिक



भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशित चलचित्र ‘रामकहानी’ का अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई देखाइएको छ । साथमा, फिल्म मुख्य हाँस्य कलाकार केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा र विल्सन विक्रम राइलाई पनि देख्न सकिन्छ ।

यो चलचित्रको ट्रेलर चलचित्रकर्मी र दर्शकलाई सरप्राइज समेत बनाएको छ । चलचित्रले कमेडी र प्रेमको कथालाई उठान गरेको छ । सवा २ घन्टा लामो यो चलचित्रले दर्शकलाई मनोरञ्जनका साथै सरप्राइज पनि दिने निर्देशक थापा बताउँछन् ।

यो चलचित्र पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको कथा सुदर्शन आफैंले लेखेका हुन् ।

सौरभ लामाले खिचेको चलचित्रमा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ । महेश दवाडी र दिनेश न्यौपानले संयूक्त रुपमा स्क्रिन प्ले र डाइलग लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu