नारायण खतिवडा पोखरामा मिस कल गर्दै



अपिल त्रिपाठी, पोखरा। नेपाली चलचित्रहरुले गतिलो ब्यापार नगरीरहे पनि चलचित्र निर्माणमा भने कुनै कमी आइरहेको छैन । यसैबिच, निर्माता नारायण खतिवडाले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । ‘मिस कल’ नाम राखिएको सो चलचित्रको छायाङ्कन यहि पौष १८ गते देखी शुरु हुने भएको छ ।

चलचित्रको निर्देशन किशोर चौधरीले गर्दैछन् । चलचित्रको छायाङ्कन पोखरा, चितवन र पाल्पामा हुने निर्माण युनिटको जानकारी छ । फिल्मको लोकेशन निश्चीत गर्न निर्माता, निर्देशक सहितको टोली अहिले पोखरामा रहेको छ । कुनै बेला अधिकांस नेपाली चलचित्रहरुको छायाङ्कन हुने गरेको पोखरामा आजकल भने निकै कम मात्र चलचित्रको छायाङ्कन हुने गरेकाछन् । चलचित्रको स्कृप्ट अनुरुपनै ‘मिस कल’ को छायाङ्कन पोखरामा गर्न लागिएको निर्देशक चौधरी बताउछन् ।

narayan
कलाकार बारे भने निर्माण युनिटले केही बताएको छैन । यद्मपी चलचित्रमा थ्रीयटरका कलाकार रहने निर्माता खतिवडाले संकेत गरेका छन् । “कलाकारको लिस्ट हामी एक दुई दिनमा सार्वजनिक गछौ ” खतिवडाले भने – “केही थीयटरका कलाकार पनि रहने सम्भावना छ” ।

लभस्टारी बेस फिल्ममा संचारको दुरुपयोगको बिषयलाई पनि उठाइने निर्देशक किशोर चौधरी बताउँछन् । उनि भन्छन् -“यसपालि मुख्यत ‘टिनएजर’ लक्षित सिनेमा बनाउदैछौ” । निर्माता खतिवडा र निर्देशक चौधरीको टिमले यसअघि पनी भेटी र लफडा गरी दुई चलचित्र निर्माण गरीसकेको छ । चित्रसेन बाबा फिल्मस्को प्रस्तुतिमा बन्ने ‘मिस कल’ तेस्रो चलचित्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu