शुक्रवारबाट देशभर प्रदर्शनमा आएको सविर श्रेष्ठ निर्देशित चलचित्र ‘कहिँ कतै’ को पत्रकारले प्रशंसा गरेका छन् । आइतवार सुन्धारास्थित सिने डि चिफ हलमा चलचित्रको प्रेस शो राखिएको थियो ।

चलचित्रमा डेब्यु कलाकार सिवानी गिरी र सोनम बरफुङ्गपा मुख्य भूमिकामा छन् । चलचित्रले प्रेम र त्यागको कथा वाचन गरेको छ । अधिकांश पत्रकारले चलचित्र हेरिसकेपछि प्रशंसा गर्दै ‘कहिँ कतै’ टिमलाई बधाइ दिएका थिए ।

शिवानी र सोनमसँगै फिल्मका प्रमुख कलाकारहरु दीलिप रायमाझी, उमा ‘बेबी’ गिरी, किशोर खतिवडालगायतका कलाकारहरुको कामको प्रेस शोमा तारिफ भएको छ । उमा आफैंले यो चलचित्र निर्माण गरेकी हुन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।

अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन रहेको छ । ‘कहिँ कतै’ लाई काठमाण्डौ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गरेको छ ।




