‘गोपी’ यसकारण छाडेँ : बर्षा सिवाकोटी



अभिनेत्री बर्षा सिवाकोटीले चलचित्र ‘गोपी’ बाट बाहिरिनुको बारे बोलेकी छन् । आइतवार साँझ करिब १२ गते आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस लेख्दै उनले साइन गर्दा एउटा चरित्र र काम सुरु हुने बेला अर्कै चरित्र भएपछि फिल्म छाडेको खुलाएकी छन् ।

हाल ‘जय शम्भु’ को प्रचारका लागि उपत्यका बाहिर रहेकी उनले चलचित्र ‘गोपी’ बाट आफू बाहिरिएको विषयमा मिडियामा आएका समाचारप्रति पनि दुखेसो पोखेकी छन् । ‘भित्री कुरालाई राम्ररी नबुझी मेरो कामको कुरामा पटक-पटक होच्याउने काम गर्ने केही सम्बन्धित व्यक्ति र मिडिया पर्सनलाई म के भनौं ? मेरो कुरा काटेर तपाईंलाई खुशी मिल्छ र घर चल्छ भने मेरो केही भन्नु छैन’, उनले लेखेकी छन् ।

एउटा कलाकारलाई चलचित्र सफल वा असफल भन्दा पनि चरित्रलाई न्याय गर्नु सबैभन्दा ठूलो धर्म रहेको उनको भनाई छ । उनी लेख्छिन्, ‘कुनै सफल भएर पनि असफल हुन्छन् कुनै असफल भएर पनि सफल हुन्छन् । कामको कुरामा आफूलाई चित्तबुझ्दो र सुहाउँदो छ भने गर्ने कोशिश गर्ने हो ।’ उनी अभिनय भाग्यले नभएर मनबाट गर्ने बताउँछिन् ।

चलचित्र ‘गोपी’ बाट उनी बाहिरिए लगत्तै उनको ठाउँमा अभिनेत्री बर्षा राउत भित्रिएकी छन् । यस चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । खगेन्द्र लामिछानेको प्रमुख भूमिका रहने यसमा अभिनेत्री सुरक्षा पन्त पनि लिड रोलमा रहनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu