डिभोर्स | अडियो गीत तथा अडियो प्रोमो सार्वजनिक



CD-cover
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत्र २१ गते देशव्यापी रिलिज हुने नेपाली चलचित्र ‘डिभोर्स’का अडियो गीत तथा अडियो प्रोमो सार्वजनिक गरिएको छ। सोमवार ठुलोपर्दा डटकमबाट तीनवटा गीत र एउटा अडियो प्रोमो सार्वजनिक गरिएको हो।

‘डिभोर्स’का गीतमा बिशाल हुमागाईँ र कृष्ण भण्डारीको संगीत, बिशाल हुमागाईँ, सन्तोष अग्रहरी र सुरज लम्सालका शब्द तथा प्रमोद खरेल, रेवन्त भण्डारी र कृष्ण भण्डारीको स्वर रहेको छ।

यसअघि ‘उर्वशी’ निर्देशन गरेका मनिष पन्थले आफ्नो चौथो चलचित्र स्वरुप ‘डिभोर्स’ निर्देशन गरेका हुन्। श्रीनगर फिल्म्स प्रा.लि.को ब्यानरमा रोहित पुरी र मिन प्रसाद श्रेष्ठले यो चलचित्रलाई बनाएका हुन्। यो चलचित्रमा लेखन तथा छायांकन समेत निर्देशन पन्थकै रहेको छ।

किशोर श्रेष्ठ, आभास अग्रहरी, प्रदिप ढकाल, बिनिता रम्तेल लगाएतका कलाकारहरुको अभिनय रहेको सो चलचित्रमा विशाल हुमागाईँ र कृष्ण भण्डारीको संगीत, सानुकुमार महर्जनको द्वन्द्व, रोशन लामिछानेको सम्पादन तथा किरणराज थापाको कलर करेक्शन रहेको छ।

‘डिभोर्स’का अडियो गीतहरु र प्रोमो यहाँ सुन्न तथा डाउनलोड गर्न सकिनेछ अथवा यहाँ क्लिक गर्नुहोस्ः 

[cincopa AgIARRLgHiW4]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu