आशिरमान र शिल्पाको ‘द ब्रेकअप’ इन्डक्ल्याप



हेमराज विसी निर्देशित नयाँ चलचित्र ‘द ब्रेकअप’ को इन्डक्ल्याप भएको छ । सोमवार राजधानीमा निर्माण टिमले इन्डक्ल्याप पार्टीको आयोजना गर्‍यो ।


अष्ट्रेलिया र नेपालमा खिचिएको यो चलचित्र ‘मा ‘ग्याङस्टार ब्लूज’ फेम्ड अभिनेता आशिरमान देशराज जोशी लिड रोलमा छन् । उनको अपोजिटमा शिल्पा मास्के र इच्छा कार्की देखिएका छन् ।

सरोज खनालको पनि अभिनय रहेको यसको प्रदर्शन मिति पौष २७ गतेलाई तय गरिएको छ । यसअघि यो चलचित्रको रिलिज डेट भदौ १५ गतेलाई तोकिएको थियो । निर्देशक हेमराजले ‘द ब्रेकअप’ आफूले बनाएका चलचित्रभन्दा फरक स्वादको रहेको बताए ।


अभिनेता आशिरमानले दोस्रो पटक निर्देशक हेमराजको एक्सन कटमा काम गरेका हुन् । ‘मैले फेमिली महशुस गरेँ । मन सफा भएको मान्छेहरुसँग काम गर्न पाउँदा एकदम रमाइलो हुँदो रहेछ’, उनले भने ।

अभिनेत्री द्वय शिल्पा र इच्छाले आशिरकै कुरा फोटोकपी गरे । इच्छाको यो चलचित्र डेब्यु हो । अभिनेता सरोज खनालले भने ‘द ब्रेकअप’ गर्नुको प्रमुख कारण खोले । उनले करिब २६ वर्षपछि ‘ज्वाला’ मा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीतमा ठुम्का लगाएका छन् ।


यो गीत चलचित्र ‘द ब्रेकअप’ मा राखिएको छ र उनीमाथि नै फिल्मांकन गरिएको छ । २६ वर्षपछि आफ्नै हिट गीतमा नाच्दा कस्तो अनुभव भयो ? पत्रकारको प्रश्नमा सरोजले भने, ‘पहिलो कुरा त जवान फिल गरेँ । पहिला कृष्टि मैनालीसँग नाचेको थिएँ, यसपटक ५०/५५ जना युवतीहरुसँग नाचेको छु । यो गीतको लोभले पनि ‘द ब्रेकअप’ गरेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu