असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘बाँध मायाले’ को शिर्ष गीत सार्वजनिक भएको छ । असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतको एरेञ्ज उदयराज पौडेलले गरेका हुन् । गीतको शब्द हृदयस्पर्शी छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी फिचर्ड छन् ।
सविर श्रेष्ठ निर्देशित चलचित्रलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । निर्देशक श्रेष्ठले ‘बाँध मायाले’ आफूले बनाएका अन्य चलचित्रभन्दा फरक रहेको बताए ।
चलचित्रमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । यसै चलचित्रबाट किशोर खड्का नायकको रुपमा आउँदैछन् ।
गीत हेर्नुहोस् :-