‘मेरी मामु’ को ट्रेलर सार्वजनिक (भिडियो)



भाद्र १५ गतेबाट प्रदर्शनमा आउन लागेको निर्माता सन्तोष सेन निर्मित चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंको जावलाखेलमा रहेको डिएभी स्कूलका विद्यार्थीहरुलाई साक्षी राखेर कलाकार र निर्माण टिमको उपस्थितिमा फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

ट्रेलरमा पात्रहरुलाई सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ । यो फिल्ममा कुसुम गुरुङले आयुबकी आमाको भूमिका निर्वाहा गरेका छन् । पिताको भूमिकामा अभिनेता शारुक ताम्राकार छन् ।

‘प्रेमगीत २’ फेम्ड अभिनेत्री अश्लेषा ठकुरीको पनि उक्त फिल्ममा प्रमुख भूमिका छ । ट्रेलरले फिल्म सस्पेन्स थ्रिलर रहेको महशुस गराउँछ ।

बाल मनोविज्ञानमा आधारित फिल्मले एक बालकको आमाप्रतिको माया बोल्ने निर्माता सेनले बताए । निर्देशक तथा लेखक यम थापा ‘मेरी मामु’ हरेक नेपालीले हेर्नुपर्ने चलचित्र बनेको बताउँछन् ।

चलचित्रलाई पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनले खिचेका हुन् । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको ‘मेरी मामु’ मा एलिस कार्कीको पाश्र्व संगीत छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu