कस्ती छिन् ‘मेरी मामु’ की कुसुम ? (फोटोसहित)



प्रायः अभिनेत्रीहरु चलचित्रमा आमाको रोल गर्न डराउँछन् । तर, थिएटर ब्याक ग्राउण्डकी कुसुम गुरुङले भाद्र १५ गतेबाट प्रदर्शनमा आउन लागेको डेब्यु चलचित्र ‘मेरी मामु’ मा नै आमाको भूमिका निर्वाहा गरेकी छन् ।

‘मेरी मामु’ मा उनी ६ वर्षे आयुब सेनको आमाको भूमिकामा छिन् । चलचित्रमा अनुबन्ध भएदेखि नै उनको सुन्दरताको खुब चर्चा भइरहेको छ ।

अभिनेत्री बन्न उनलाई सुन्दरतासँगै हाइट, फिगर, लुक्स सबै कुराले साथ दिएको छ । तर, किन डेब्यु फिल्ममा नै आमा ? उनी कलाकारलाई भएपछि जुनसुकै भूमिका निर्वाहा गर्न सक्नुपर्ने तर्क राख्छिन् ।


उनी भन्छिन्, ‘म हिरोइन भन्दा पनि आर्टिस्ट हुँ भन्ने लक्ष्यले आएको छु । मलाई हिरोइन नै हुनु छ भन्ने छैन ।’ ‘मेरी मामु’ मा मामु देखिनका लागि कस्टुम डिजाइन, भेषभुषादेखि मेकअपमा विशेष ध्यान दिएको कुसुम बताउँछिन् ।


कुसुमले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिइसकेकी छिन् भने सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकमा अभिनय समेत गरेकी छन् ।


अभिनयलाई आफ्नो प्यासन मान्ने कुसुम नेपाली फिल्म क्षेत्रमा केही गर्ने अठोट बोकेर लण्डनबाट नेपाल आएकी हुन् । परिवारसँग लण्डनमा बस्दै आएकी उनले लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu