‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’ लाई दर्शकको साथ



शुक्रवारबाट देशैभर एकसाथ प्रदर्शनमा आएका चार चलचित्रमध्ये ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’ ले हलमा दर्शकको सुखद साथ पाएका छन् । शुक्रवार औषत रहेको तीन चलचित्रको व्यापार शनिवार केही उच्च रह्यो ।


यौन मनोविज्ञानमा आधारित चलचित्र ‘मिस्टर भर्जिन’, लभस्टोरी जनराको ‘ब्ल्याक’ र एक्सन प्याक्ड चलचित्र ‘जय शम्भु’ लाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिले राम्रो बोल्दा दर्शकको एक वर्गले कथावस्तुमा खोट लगाएका छन् ।


अन्य दुई फिल्मभन्दा मल्टिप्लेक्समा ‘मिस्टर भर्जिन’ कलेक्सनको मामलामा केही माथि देखिएको छ । ‘ब्ल्याक’ र ‘जय शम्भु’ ले भने सिंगल थिएटरमा केही आशलाग्दो व्यापार गरेका छन् ।


शनिवार तीनै फिल्मका कलाकारले राजधानीका विभिन्न हल पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । दिउँसो राजधानीको चाबहिलस्थित गोपीकृष्ण मुभिजमा ‘ब्ल्याक’ का लिड कलाकार आँचल शर्मा र आकाश श्रेष्ठ दर्शकसँग सेल्फी खिच्न व्यस्त देखिएका थिए । हलमा दुई अभिनेता-अभिनेत्रीको क्रेज खुब देखिएको थियो ।


‘मस्टिर भर्जिन’ का प्रमुख कलाकार गौरव पहारी, सृजना सृब्बाले पनि शनिवार दिउँसभर राजधानीका विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया बुझे । उता ‘जय शम्भु’ का लिड अभिनेता अनुप विक्रम शाही र अभिनेत्री वर्षा सिवाकोटी गोपीकृष्ण र अष्टनारायण हल पुग्दा दर्शक सेल्फी खिच्न तछाडमछाड गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu