भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘रामकहानी’ ले सिग्नेचर क्याम्पियन सुरु गरेको छ । काठमाण्डौका विभिन्न स्थानमा पुगेर केही यूवाहरुले यो क्याम्पियन गरेका छन् ।
विशेषगरि, ‘रामकहानी’को टिसर्ट लगाएर बसन्तपुर क्षेत्रमा पुगेका यूवाहरुले त्यहाँ घुम्न आउने मानिसहरुलाई ‘रामकहानी’ लेख्न लगाए । ४ जनाको टिसर्टमा मानिसहरुले आ–आफ्नो स्टाइलमा रामकहानी नामको हस्ताक्षर गरेका थिए ।
सो अवसरमा उनीहरुले हस्ताक्षर गर्नेहरुलाई चलचित्रको बारेमा जानकारी पनि दिएका थिए । ४ जनामध्ये सर्वाधिक कसले धेरै चलचित्रको टिसर्टमा सिग्नेचर संकलन गर्ने भन्ने प्रतिस्पर्धा चलेको थियो ।
यो आइडिया फिल्मकै प्रचार संयोजक जितेन्द्र खतिवडाको हो । प्रेम र कमेडीको यो चलचित्रलाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको उक्त चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु ने