‘रेनी’ हिरोइनको ‘बर्थ डे’ मा को-को पुगे ?



चलचित्र ‘रेनी’ की अभिनेत्री सनम मल्लले आफ्नो जन्मदिन मनाएकी छन् । आइतवार राजधानीमा एक कार्यक्रमका बीच उनले बर्थ डे केक काटिन् ।

उनलाई जन्मदिनको शुभकामना दिन आफन्तदेखि चलचित्रका अभिनेता दीपक ढकाल पुगेका थिए । भाद्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको ‘रेनी’ बाट डेब्यु गरेकी समनले बर्थ डे केक काटेपनि उमेर भने खुलाउन चाहिनन् ।

उनी जन्मदिन मनाउँदै गर्दा डेब्यु चलचित्रलाई लिएर उत्साहित देखिएकी थिइन् । उनी भन्छिन्, ‘चलचित्र क्षेत्रमा नै केही गर्ने अठोट छ । सबैको साथ र सहयोगको अपेक्षा राखेकी छु ।’ उनी ‘रेनी’ लाई दर्शकले रुचाउनेमा पनि विश्वस्त सुनिइन् ।

सनम चलचित्रकी स्क्रिप्ट राईटर र गीतकार समेत हुन् । उनी ‘रेनी’ मा मायाप्रेम, हाँसो, रोदन, द्वन्द्वका साथमा सामाजिक बिषयलाई प्रस्तुत गरिएको बताउँछिन् ।


बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको उक्त चलचित्रलाई गिरिश रिजालले निर्देशन गरेका हुन् । चलचित्रमा सरोज खनाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साललगायतका कलाकारहरुको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu