मल्टिस्टारर चलचित्र ‘कथा काठमाण्डू’ को शिर्ष गीत सार्वजनिक भएको छ । असोज १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतमा बुलेट फ्लो र बरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर सुन्न सकिन्छ ।
सुरज विक्रम थापाको शब्द, संगीत र कम्पोज रहेको गीतमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई चित्रण गरिएको छ । गीतले चलचित्रको मूल कथालाई प्रस्ट्याएको निर्देशक संगीता श्रेष्ठले बताइन् ।
‘रातको कुरा…’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण चर्को आलोचना भइरहेको ‘कथा काठमाण्डू’ को कथा निर्देशक संगीताले नै लेखेकी हुन् ।
विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन छ । ‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो । यो चलचित्रमा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ ।
अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । उक्त चलचित्रमा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् ।
भिडियो :-