सकियो पूजा र निकिताको शितयुद्ध



अन्ततः चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेल र अभिनेत्री पूजा शर्माबीचको असमझदारी अन्त्य भएको छ । केही हप्ता अगाडि पूजाले आफू अभिनीत तथा निर्मित चलचित्र ‘रामकहानी’ सँग ‘रोज’ भिड्न आएपछि बोर्ड अध्यक्षमाथि आक्रोश पोखेकी थिइन् ।

मंगलवार बोर्ड अध्यक्ष निकिता र अभिनेत्री पूजाबीच शिष्टचार भेट भएको छ । राजधानीको एक रेस्टुराँमा बसेर दुवैले सबै असमझदारी मेटाएका छन् । उनीहरुलाई भेटाउन कलाकार अनुराग कुँवरले सहजकर्ताको भूमिका खेलेका थिए ।

पूजाले निकितासँगको भेटको तश्बिर फेसबुकमा शेयर गर्दै आफूले भावनामा आएर उक्त स्टाटस लेखेको स्विकार गरेकी छन् । उनले लेखेकी छन्, ‘निकिता दिदीप्रति झन् सम्मान बढ्यो ।’ उनले आफूहरु बीचको तिक्तता मेटिएको पनि स्टाटसमार्फत् स्पष्ट पारेकी छन् ।

‘महिलाकै चलचित्रसँग जुधाएर कुन विकासका लागि लड्दै हुनुहुन्छ ?’ निकितालाई लक्षित गरेर पूजाले फेसबुकमा स्टाटस लेखेकी थिइन् । स्टाटसपछि पूजा र निकिताको सम्बन्ध ‘वारपार’ भएको धेरैले आँकलन गरेका थिए ।


‘रोज’ लाई बोर्ड अध्यक्ष निकिताका भाई नीरक पौडेलले निर्देशन गरेका हुन् । उक्त चलचित्रमा ‘प्रेमगीत’ पछि अलगिएका अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu