कठ्याङ्ग्रिने जाडोमा किन भिजे सलोन, रिश्ता, रविना र जोन ?



euta-sathi1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पुष, माघको जाडो यसै नै चिसो त सबैलाई हुन्छ नै । मान्छेहरु चिसोबाट बच्नको लागी बिभिन्न बाहना अपनाउन पछी पर्दैनन् अनी यो जाडोलाई छल्न अनेक उपाय अपनाउन पनि मान्छेहरुलाई अपरिहार्य नि हुन्छ नै । तर आईतवार राती राजधानीको मध्य बानेश्वरमा भने एउटा यस्तो अनौठो दृश्य देखियो, जहाँ झमझम बर्षा भईरहँदा समेत यो पुषको समयमा दुई युवती पानीको कुनै प्रवाह नगरी भिज्दै थिए ।

euta-sathi2
यो क्रम चल्दै गर्दा हतास मानसिकताका कारण प्रेमको बारेमा धेरै कुरा सोच्दै गर्दा एक युवती बाटोमै लडिन, अनी तिनै युवतीका कारण बाईकमा सवार अर्को एक युवक समेत दुर्घटनामा परे । यो पढ्दै गर्दा तपाईहरुमा कौतुहलता बढे होला अब के भयो भनेर, अनि, ती युवक युवतीलाई कसले उद्धार गर्यो होला भनेर ??

euta-sathi3
तर धेरै नसोच्नुस यो बारेमा, यो दृश्य कुनै यथार्थ नभएर कुनै चलचित्रमा समावेश गर्नको लागी साँझ ढल्किसकेपछी राजधानीमा छायांकन गरिएको दृश्य थियो । आईतवार राजधानीमा पत्रकार लक्ष्मण सुवेदी को डेब्यु निर्देशनमा तयार हुँदै गरेको चलचित्र ‘एउटा साथी’को कुनै दृश्य लिनको लागी तयार गर्न लागिएको काल्पनिक घटना थियो यो । चलचित्रमा आवश्यक एक पानी परेको दृश्य छायांकनको लागी निर्देशक सुवेदी रातीको समयमा पनि यो दृश्यको एक्सन कटमा व्यस्त थिए र त्यो जाडोको दृश्य क्यामरामा कैद हुँदै गर्दा त्यसको लागी तयार कलाकार थिए सलोन बस्नेत, रिश्ता बस्नेत, रविना खड्का अनि जोन तामाङ ।

euta-sathi4
पत्रकार सुवेदीको डेब्यु निर्देशनमा एक्सन कटमा रहेको नेपाली कथानक चलचित्र ‘एउटा साथी’ ‘सलोन फिल्मस् प्राली’को व्यानरमा तयार हुँदै गरेको चलचित्र हो । यस चलचित्रलाई निर्माता सोभित बस्नेतले निर्माण गरेका हुन् । चलचित्रको निर्देशनमा व्यस्त देखिएका ‘एउटा साथी’ निर्देशक सुवेदी आफ्नो १२ बर्षे चलचित्र पत्रकारिताको अनुभवलाई पुर्णतः लगानी गरेर अहिले आफ्नो ध्यान चलचित्रलाई कसो गर्दा राम्रो बनाउन सकिन्छ भन्नेमा मात्र खर्च गरिरहेको बताउँछन् ।

euta-sathi5
यो चलचित्रमा सलोन बस्नेत, रिश्ता बस्नेत, रोहन तामाङ, रबिना खड्का सँगै शिशिर भण्डारी लगायतका कलाकारहरु पनि पर्दामा देखिने छन । मुख्यतः किशोरावस्थाका युवायुवतीको कथामा निर्माण हुन लागेको यो चलचित्रमा नायिका अनु शाह पनि देखिने छिन भने निर्देशक नारायण पुरीको पनि अभिनय रहने छ ।

euta-sathi6

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu