वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन



वरिष्ठ कलाकार हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । १९८२ असोज २ गते जन्मिएका रिमालको भाद्र १५ गते विहान १ बजे निधन भएको हो ।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई विहान १० बजेदेखि उनकै निवास ह्वाइटहाउस कलेज अगाडि राखिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिए ।


अन्त्येष्टिका लागि उनको पार्थिव शरीर दिउँसो १ बजे कुनै तडकभडक नगरि पशुपति आर्यघाट लगिने पारिवारिक स्रोतले जानकारी दिएको छ । कलाकार रिमालले दर्जनौं सम्झनलायक चलचित्रमा अभिनय गरेका छन् ।

‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका चलचित्रमा उनले अभिनय गरेका थिए । उनी गायन, निर्देशन, संगीत र अभिनय विधामा अब्बल मानिन्छन् । उनी रेडियो नेपालका पहिलो गायक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu