लाजिम्पाट र कमलपोखरीबाट झल्कियो राजनितिज्ञको कला मोह



politician-entertainment
अनिल यादव, काठमाण्डौ।
पछिल्लो समय एमाओवादी नेताहरु नेपाली कला र सँस्कृतीको प्रशंसामा जुटेका छन् । गत शनिवार मात्र एकिकृत नेकपा माओवादीका बरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई अनुप बरालले निर्देशन गरेको नाटक कोर्ट मार्सल हेर्न लाजिम्पाट पुगे ।

बाबुरामले नाटक हेरेपछि समाजिक संजाल फेसबुक र ट्वीटर मार्फत कलाकार र नेपाली कला क्षेत्रको खुलेरै प्रशंसा गरेका थिए । त्यसको अर्को दीन आइतबार बेलुका एकिकृत नेकपा माओवादीका अर्का नेता बर्षमान पुन काठमाण्डौको बीग सिनेमामा नयाँ चलचित्र ‘बितेका पल’ देखिए । निर्माता राजेश घतानीले आफ्नो नयाँ चलचित्र ‘बितेका पल’ हेर्नको लागि पुनलाई निमन्त्रणा दिएका थिए ।

सिनेमा हेरेपछि पुनले नेपाली कला क्षेत्रको खुलेरै प्रशंसा गरेका थिए । उनले चलचित्रमा महिला पात्रको अभिनय उत्कृष्ट भएको भन्दै नेपालको बागडोर महिलाहरुले लिनु पर्ने तर्क समेत गर्न भ्याए । नेपाली सिनेमाले कथावस्तु र प्रविधीमा निक्कै फड्को मारेको पुनको प्रतिक्रिया थियो ।

एकिकृत नेकपा माओवादीका नेताहरु नेपाली कला र संकृतीको प्रशंसा गर्दै रुची बढाउनुलाई सकारात्मक रुपमा हेर्न सकिन्छ । तर बोलीमा मात्र नभई व्यवहारमा पनि नेपाली सिनेमा र कलाको विकासमा कदम चालेको खण्डमा अझै राम्रो हुने धेरैको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu