फ्राईडे रिलिज : पर्दामा ‘रोज’ र ‘रामकहानी’



दर्शकमाझ व्यग्र प्रतिक्षामा रहेका दुई प्रतिक्षीत चलचित्र ‘रामकहानी’ र ‘रोज’ ले शुक्रवारबाट देशभरका हलमा प्रदर्शन आरम्भ गरेका छन् । दुई चलचित्रको प्रदर्शनलाई यस वर्षको सबैभन्दा ठूलो भिडन्तको रुपमा लिइएको छ ।

‘रामकहानी’ मा अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा छिन् भने ‘रोज’ मा अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका छ । यो कपलले यसअघि चलचित्र ‘प्रेमगीत’ मा काम गरेका थिए । यसपछि दुईबीच बोलचाल बन्द भएको थियो ।

चलचित्र ‘रामकहानी’ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । पूजाको जोडी यसमा अभिनेता आकाश श्रेष्ठसँग बाँधिएको छ । केदार घिमिरे, जितु नेपाल, विल्कसन विक्रम राई, राजाराम पौडेललगायतको पनि चलचित्रमा अभिनय छ ।

उता ‘रोज’ मा प्रदीपको अपोजिटमा दुई अभिनेत्री छन्, परमिता आरएल राणा र मिरुना मगर । नीरक पौडेलले चलचित्रको निर्देशन गरेका हुन् । कर्मा शाक्यको पनि चलचित्रमा अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu