केकीलाई माया गर्न कति ठुलो मुटु चाहिन्छ ? | भिडियो



keki-adhikari1-mutu
ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘बितेका पल’को प्रिमियर पश्चात एकाएक चर्चाको शिखरमा रहेकी नायिका केकी अधिकारीको मुख्य भुमिका रहेको अर्को चलचित्र’मुटु’को प्रोमो सार्वजनिक भएको छ। मंगलवार सबेरै सार्वजनिक सो प्रोमो डेढ मिनेट लामो छ।

प्रेम द्वन्द्व र पारिवारिक कथा बुझिने सो प्रोमोमा बिमलेश अधिकारी र केकी अधिकारीलाई मुख्य भुमिकामा देख्न सकिन्छ। नायक मुकेश आचार्य, बालकलाकार सुप्रिम शाह र निर्देशक स्वयं पनि प्रोमोमा देखिएका छन्। प्रोमोमा ‘स्पर्श देउ फक्रेर फुल हुन चाहन्छु …’ बोलको गीतको अंश पनि समावेश छ।

माघ दश गते नेपालभर रिलिज हुने नेपाली चलचित्रलाई एभरेष्ट सुर्य बोहराले निर्माण/निर्देशन गरेका छन्। चलचित्रको कार्यकारी निर्माता बिष्णुमाया गुरुङ हुन् । प्रोमोमा निर्देशक बोहराका अघिल्ला चलचित्रको नामलाई पनि देख्न सकिन्छ। सुपरहिट चलचित्रहरु ‘अग्नीपरिक्षा’ र ‘कान्छा’ को नाम राख्दै निर्देशकको परिचय दिईएको छ। बोहरा यी दुई चलचित्र पश्चात १४ बर्षपछि पुनः निर्देशनमा आएका हुन्।

यसअघी नेपाल बाहिर अमेरिका, क्यानडा र अस्ट्रेलिया लगाएतका बिभिन्न शहरमा सफलताका साथ प्रदर्शन भईसकेको छ। शेर बहादुर लामाले खिचेको यो चलचित्रमा संगित बसन्त सापकोटा र सुरेन्द्र शाहको रहेको छ । यो चलचित्र बिशुद्ध प्रेम कथामा आधारित रहेको बताईएको छ । चलचित्रमा द्वन्द्व भने सुर्य थोकरको रहेको छ ।

Watch the promo here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu