बन्ने भयो चलचित्र ‘पेशा’



समसामयिक राजनीतिक र चेलिबेटी बेचबिखनको कथामा चलचित्र ‘पेशा’ निर्माण हुने भएको छ । हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीजको अवसर पारेर बुधवार दिउँसो काटेश्वरको महादेवस्थानमा चलचित्रको शुभ साइत गरिएको छ ।

फायर इन्टरप्राइजेज प्रा.लि.को ब्यानरमा रोजन रखाल प्रस्तुतकर्ता रहेको चलचित्रमा जी.एस.आलेको निर्माण रहनेछ । चलचित्रको कथा टिकाराम रखालले लेखेका छन् ।

‘पेशा’ मा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामाङ, अनिता रसाईली लगायतको अभिनय रहनेछ ।

अर्को तीजलाई प्रदर्शन लक्ष्य राखिएको चलचित्रका लागि तीजको केही दृश्य आवश्यक परेकाले बुधवारबाट छायांकन सुरु गरिएको निर्माता तथा कलाकार रोजनले जानकारी दिए ।

विश्वदिप घिमिरेको निर्देशनमा बन्न लागेको चलचित्रमा जनक पाख्रिनको नृत्य निर्देशन, राजु जंग थापाको द्वन्द, टंक बुढाथोकी र जी.एस.आलेको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu