अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगरले पहिलो पटक स्क्रिन साझेदारी गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को दुई पोस्टर सार्वजनिक भएको छ ।
असोज ५ गते प्रदर्शनमा आउने रेनाशा वान्तवा राई निर्देशित चलचित्रको पहिलो पोस्टरले साम्राज्ञी र धिरजको प्रेमभाव बोल्छ । दोस्रोमा यो कपलसँगै सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा र रुवी राणा पनि फिचर्ड छन् ।
‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।
आई कोर फिल्मस्को व्यानरमा निर्मित चलचित्रका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।
प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा शैलेन्द्र धोज कार्कीको छायांकन, टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।