अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘रोज’ को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रको सस्पेन्स खुल्ने डरले ‘तिम्रो पछि-पछि…’ गीत निर्माण टिमले लुकाएको थियो ।
नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईले गीतमा स्वर भरेका छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतको शब्द दयाराम पाण्डेलले लेखेका हुन् । भिडियोमा प्रदीप आफ्नो मुटुमा अभिनेत्री परमिता आरएल राणाको नाम लेखिएको भन्दैछन् ।

घरेलू बजारमा अपेक्षाकृत व्यापार गर्न नसकेको यस चलचित्रले एक सोझो युवकको क्राइम तर्फको यात्रा पेश गर्छ । शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन हुन लागेको नीरक पौडेल निर्देशित चलचित्रमा प्रदीप र परमितासँगै मिरुना मगर, कर्मा शाक्य पनि लिड रोलमा छन् ।
आफ्नै प्रेमिकाको हत्या गर्न एक प्रेमी कसरी विवश हुन्छ भन्ने कथा चलचित्रले भन्छ । अभिनेता प्रदीपले उक्त चलचित्रमा एक अपराधीको भूमिका निर्वाहा गरेका छन् । कथावस्तु नयाँ भएपनि प्रस्तुती कमजोर हुँदा ‘रोज’ ले दर्शकको मन जित्न सकेको छैन ।
गीत हेर्नुहोस् :-




