राजधानीस्थित राष्ट्रिय सभा गृहमा आइतवार ‘एलजी सिने सर्कल अवार्ड’ सम्पन्न भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता तथा बलिउड सुपरस्टार गोविन्दाको विशेष उपस्थितिमा सम्पन्न अवार्डमा शिशिर राणा निर्देशित चलचित्र ‘तिमीसँग’ उत्कृष्ट ठहरिएको छ ।
अवार्डमा ‘भुइँमान्छे’ बाट नवराज बुढाथोकीले उत्कृष्ट निर्देशकको अवार्ड आफ्नोतर्फ गर्दा अभिनेता नाजिर हुसेनले चलचित्र ‘तिमीसँग’ बाट उत्कृष्ट नायकको अवार्ड आफ्नो पोल्टामा पारे । यस्तै, चलचित्र ‘पञ्चायत’ बाट अभिनेत्री नीता ढुंगानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् ।
वर्षको पपुलर अभिनेता प्रदीप खड्का चलचित्र ‘लिलिबिली’ बाट हुँदा ‘छक्का पञ्जा २’ बाट अभिनेत्री प्रियंका कार्की पपुलर अभिनेत्री बन्न सफल भइन् । गएको वर्ष प्रदर्शनमा आएको चलचित्र ‘मंगलम’ बाट अभिनेता पुष्पल खड्काले क्रिटिक्स अवार्ड उचाले ।
अवार्ड समारोहमा मृगौला रोगबाट पीडित ‘राँको’, ‘करोडपति’, ‘सिमारेखा’, ‘घामछायाँ’, ‘एक नम्वरको पाखे’, ‘कर्जा’, ‘घुम्टो’ जस्ता दर्जनौ नेपाली चलचित्र निर्देशक किशोर राना ५१ हजार सहित लाईफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए ।
नयाँ पुस्ताका कलाकारहरुको निकै कम उपस्थिति देखिएको अवार्ड समारोहमा शिव श्रेष्ठ, सरोज खनाल, रमेश उप्रेती, निर्मल शर्मा, रुपा राणा, केदार घिमिरे, प्रदीप खड्कालगायतका चलचित्रकर्मी सहभागी भएका थिए । प्रदर्शनको तरखरमा रहेका ‘इन्टु मिन्टु लण्डनमा’ र ‘सुश्री सम्पत्ति’ चलचित्रका कलाकारले अवार्ड इभेन्टमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
अवार्ड समारोहमा बोल्दै बलिउड अभिनेता गोविन्दाले ससुराली देशमा मिलेको प्रेमले मन प्रफुलित भएको बताए । उनले भने, ‘नेपाल मेरो पहिलो प्रेम हो । किनकी मैले पहिलो प्रेम नेपालकी छोरीसँग गरेको थिएँ ।’ उनले नेपाली अभिनेत्रीहरुको सौन्दर्यको पनि प्रशंसा गरे । उनकी छोरी टिना अहुजाले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड प्रदान गरेकी थिइन् ।
अवार्ड विजेताको नामावली :-
१. पोस्टर अफ दि इयर : शत्रुगते, सान थापा/विजय वश्याल
२. ट्रेलर अफ दि इयर : सुरेन्द्र पौडेल – कृ
३. स्टण्ट अफ दि इयर : पिंजडा ब्याक अगेन – सिम्पसन तामाङ
४. पपुलर गीत अफ दि इयर : कुटुमा कुटु – ‘दुई रुपैयाँ’
५. भिएफएक्स अफ दि इयर : माओत्सु मुकामी – माइलभ
६. कम्मेन्डेवल फिल्म अफ दि इयर : पञ्चायत
७. पपुलर एक्टर अफ दि इयर : प्रदिप खड्का
८. पपुलर एक्ट्रेस अफ दि इयर : प्रियंका कार्की
९. व्याकग्राउण्ड स्कोर अफ दि इयर : एलिश कार्की
१०. एडिटर अफ दि इयर: मित्र डि गुरुङ – शत्रुगते
११. स्क्रिनप्ले अफ दि इयर : तिमीसँग
१२. सिनेमाटोग्राफर अफ दि इयर : भुइँमान्छे, बिदुर पाण्डे
१३. एक्सन डिरेक्टर अफ दि इयर : चन्द्र पन्त – कृ
१४. कोरियोग्राफर अफ दि इयर : कविराज गहतराज – कुटुमा कुटु
१५. प्लेब्याक सिंगर अफ दि इयर ‘मेल’ : सुगम पोखरेल – भन्छु आज
१६. प्लेब्याक सिंगर अफ दि इयर ‘फिमेल ’ : मेलिना राई – कुटुमा कुटु
१७. अन स्क्रिन कपल अफ दि इयर : रमेश उप्रेती र दीपिका प्रसाईं
१८. म्युजिक डिरेक्टर अफ दि इयर : अर्जुन पोखरेल – भन्छु आज
१९. एक्ट्रेस अफ दि इयर: नीता ढुङ्गाना – पञ्चायत
२०. एक्टर अफ दि इयर: नाजिर हुसेन – तिमीसँग
२१. डिरेक्टर अफ दि इयर: नवराज बुढाथोकी – भुइँमान्छे
२२. फिल्म अफ दि इयर : तिमीसँग
२३. क्रिटिक्स अवार्ड : पुष्पल खड्का
२४. लाइफटाइम एचिभमेन्ट अवार्ड : किशोर राना