मोक्षको खुल्ला आकाशमा के देखिन्छ | भिडियो



khulla-aakashma
ठुलोपर्दा डटकम, काठमाडौं।
अंग्रेजी क्यालेन्डरको ‘नयाँ बर्ष २०१४’ को अवसर पारेर नेपाली कथानक चलचित्र ‘मोक्ष’को ‘खुल्ला आकाशमा’ बोलको नयाँ गीत मंगलवार सार्वजनिक गरिएको छ । ‘न्यू ईएर’ ‘ईभ’ मनाउँदै गरेका दर्शकलाई नयाँ बर्षको उपहार स्वरूप चलचित्रमा समाबेश गरिएका बिभिन्न गीत मध्यको यो गीत सार्वजनिक गरिएको निर्माण युनिटले जानकारी दिएको छ ।

संजीब सिंह र नवक्रान्तीको शब्द रहेको ‘खुल्ला आकाशमा’ बोलको गीतमा स्वर तथा संगीत पनि संजीब सिंह ले नै दिएका छन । यो गी गीतमा बेनिशा हमाल, कोशिस क्षेत्री बिक्रम सिंह, दिपेश भण्डारी लगायतका कलाकारहरु देखिएका छन् ।

‘मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्मस्’को व्यानरमा तयार भएको यो चलचित्रलाई माघ २४ गते देखी प्रदर्शनमा ल्याउने गरी मिति तोकिएको छ । चलचित्र ‘मोक्ष’ कुनै कथा बिशेषमा आधारित रहेर तयार नगरिएको भई यथार्थ कथामा आधारित चलचित्र भएको निर्माता सुनिल मानन्धर बताउँछन । कलेज पढ्ने चार केटाहरुको एउटा सांगीतिक समूह र यो समूहमा आबद्ध एक मुख्य सदस्यको मेरुदण्ड पक्षघात पश्चात हुने घटनाक्रमलाई ‘मोक्ष’ले देखाउन खोजेको बताईएको छ ।

यो चलचित्रमा संगीत क्षेत्रमा लागेका युवाको यथार्थ तथा मार्मिक कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा समावेश गीत र प्रोमो सार्वजनिक भएसँगै चर्चित वितरक तथा निर्माता मानन्धरको यो चलचित्र ‘मोक्ष’ले आशा जगाएको धेरैले बिश्लेशण गरेका छन । यो चलचित्रलाई चर्चित म्यूजिक भिडियो निर्देशक तथा सम्पादक प्रविन श्रेष्ठले निर्देशन गरेका हुन ।

निर्माता मानन्धरले यसअघी नै आफूले यो चलचित्र पैसा कमाउन नबनाएको बताईसकेका छन । चलचित्रले निर्देशक प्रविन श्रेष्ठकै जीवनमा आधारित कथा बोलेको छ ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu