अनिदो रातमा राघवको धड्कन धड्क्यो बेस्सरी | भिडियो



komal-timro-rahgav
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नयाँ बर्षको अवसरमा नेपाली चलचित्र ‘राघव’को नयाँ ‘साउण्ड ट्रयाक’ ‘कोमल तिमी …’ सार्वजनिक गरिएको छ। बुधवार बिहानै सार्वजनिक सो गीतमा शिबिर पोखरेल र अस्मिता ढकाललाई मुख्य भुमिकामा देखाईएको छ।

‘दि माया व्याण्ड’को भोकल तथा संगीत रहेको सो गीतलाई रोशन वाग्लेले लेखेका छन्। एक युवाको इमोश्नल जर्नीलाई ‘राघव’मा कथावस्तु बनाईएको छ। राजबल्लभ कोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट ३ फिल्म्सको सहकार्यमा अण्डरग्राउड टकिज नेपालको प्रोडक्सनमा यो चलचित्र बनाईएको हो। चलचित्रमा अमेरिकामा नै बस्दै आएका भुपेन्द्र भट्टराईको लेखन तथा निर्देशन रहेको छ।

संजीब सिंह, मानव सुवेदी र दि माया ब्याण्डको संगीत रहेको ‘राघव’को ९० प्रतिशत अमेरिका र बाँकी नेपालमा छायांकन गरिएको थियो। यो चलचित्र आगामी मार्च महिनामा रिलिज गर्ने तयारी गरिएको छ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu