आर्यनलाई ग्याङस्टारको ‘नाईके’ बनाउँदै नेत्र गुरुङ्



aaryan-gangstar
ठुलोपर्दा डटकम, पोखरा।
पोखरेली निर्देशक नेत्र गुरुङ्ले नायक आर्यन सिग्देललाई ग्याङस्टारको ‘नाईके’ बनाउने भएका छन्। अंग्रेजी नयाँ बर्षको अवसर पारेर घोषणा गरिएको ‘नाईके’ चचित्रमा सिग्देल मुख्य भुमिकामा देखिने भएका छन्।

बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सो चलचित्रकी नायिकाको बारेमा भने खुलाईएन। निर्देशकका अनुसार छनौ टको चरणमा रहेकोले घोषणा नगरिएको हो। ग्याङस्टारहरुको कथामा बनाउन लागिएको सो चलचित्रमा पोखराकै लगानीकर्ताहरुको सहभागिता रहनेछ। पोखरा आसपासमा नै छायांकन हुने सो चलचित्रमा रेम बिक र बोधराज रेग्मी सहनायकको रुपमा रहनेछन्।

आर्यन सिग्देललाई भिन्न रुपमा प्रस्तुत गर्न लागिएको ‘नाईके’का कार्यकारी निर्माता विष्णु हमाल हुन भने जगदीश खनाल, आनन्दशरण क्षेत्री, नारायण खनाल, संगीता पराजुली र रेशा गुरुङ निर्माता रहनेछन्। चलचित्रको बजेट चालिस लाखको रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu