‘टाटा वाई वाई’ भन्दै आयो प्रोमो | आवरणको पहिलो अनुहार



tata-bye-bye
ठुलोपर्दा डटकम, काठमाण्डौ
। नेपाली कथानक चलचित्र ‘टाटा वाई वाई’को अफिसियल ‘ट्रेलर’ विहिवार सार्वजनिक गरिएको छ । अंग्रेजी ‘नयाँ बर्ष २०१४’को अवसर पारेर यो चलचित्रको निर्माण युनिटले आफ्नो चलचित्रको प्रोमो सार्वजनिक गरेको हो ।

बर्ष २०७० भित्रै प्रदर्शनमा ल्याउने तयारी स्वरुप यो चलचित्रको अफिसियल प्रोमो सार्वजनिक गरिएको हो । सिजापति सिने ब्यानर, पिंक इङ्क प्रोडक्सन र मौरी इन्टरटेनमेन्टको संयुक्त प्रस्तुति रहेको यो चलचित्रलाई उदय सिजापतिले निर्देशन गरेका छन् । भने चलचित्र निर्माण आदेश शाक्य र रबि बहादुर सिजापतिले संयुक्त लगानीमा निर्माण भएको चलचित्र हो ।

यो चलचित्र ‘टाटा वाई वाई’मा सुनिल थापा, झरना बज्राचार्य, प्रशान्त ताम्राकार, दिया मास्के, उषा रजक, मनिष ढुंगेल, शिशिर बांग्देल, ध्रुव भट्टराई लगाएतका कलाकारहरुको अभिनय रहेको छ । मुखयतः अन्तर्राष्ट्रिय महोत्सवलाई लक्षित गरि गिर्माण गरिएको यो चलचित्र चलचित्र ‘इकोलोजिकल थ्रिलर ड्रामा’मा आधारित रहेको निर्माण युनिटले जानकारी दिएको छ । यो चलचित्रलाई दिब्य सुबेदी र सुमन तन्डुकारले खिचेका हुन् ।

Watch the promo here:

यसैबिच, अपवाद निर्देशक सुवास कोईरालाको निर्देशनमा तयार भएको नेपाली कथानक चलचित्र ‘आवरण’को पनि ‘फर्स्टलुक पोस्टर’ विहिवार नै सार्वजनिक गरिएको छ । अपवाद जस्तो अन्य चलचित्रको दाँजोमा एकहद सम्म सफल चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक कोईरालाको यो दोस्रो चलचित्र हो । यो चलचित्रमा प्रियंका कार्की, राजन ईशान, सुशिलराज पाण्डेलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

aawaran

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu