प्रियांका चोपडाले लोभ्याईन सुनिल थापालाई | यशराज ब्यानरको अफर



sunil-thaha-priyanka-chopra
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पछिल्लो समय धेरै नेपाली कलाकारहरु भारतिय चलचित्र उद्योग ‘बलिउड’का चलचित्रहरुमा अभिनय गर्न मरिमेटेर लागीरहँदा अथवा भनौं धेरै नेपालीहरुले बलिउडका चलचित्र खेल्ने सपना बनाईरहँदा एक नेपाली कलाकारलाई भने सो उद्योगमा देखिनु नौलो कुरा हुन छाडिसहेको छ । कुनै समय भारतिय चलचित्रमै काम गरेर नेपाली चलचित्र उद्योगमा आएपछी करिब २८ बर्ष पछि पुनः बलिउडमा फर्किएका कलाकार सुनिल थापा अहिले बलिउडकी चर्चित नायिका प्रियंका चोपडासँगै चलचित्र गरिरहेका छन् ।

‘म्यारी कोम’ नामक चलचित्रमा प्रियंका सँगै काम गरिरहेका सुनिलले नेपाली चलचित्र गर्दा र बलिउडको चलचित्र गर्दा धैरै फरक अनुभव प्राप्त हुने बताउँछन् । साथै सुनिलले बलिउडका कलाकारहरुमा जुनसुकै कुरामा पनि पीडा हुँदा वा नहुँदा जे भए पनि चलचित्र सुटिङ्गको दौरानमा पुर्ण रुपमा आत्मविश्वास पाईएको बताए ।

नेपाली चलचित्र उद्योगमा राम्रै छबी बनाएका कलाकार थापा भन्छन, ‘आफ्नो पिताको निधन भएको ५ दिनमै पनि नायिका प्रियंका काममा फर्किईन् र सो समयमा समेत सुटिङ्गमा उनिमा मैले पुर्णतः आत्मविश्वास पाएँ, यस्ता अन्य कुराहरुबाट पनि नेपालीले धेरै कुरा सिक्नु आवश्यक छ’ । उनले प्रियंका चोपडाको काम गर्ने शैलीबाट आफू निक्कै प्रभावित भएको समेत बताए ।

अहिले करिब ४० प्रतिशत छायांकन सकिएको सो ‘म्यारी कोम’ नामक चलचित्रमा सुनिल नायिका प्रियंका चोपडाको गुरुको भूमिकामा देखिदै छन् । प्रियंकाको गेटअप अन्य चलचित्रमा भन्दा फरक भएकाले चलचित्रको बारेमा अहिले नै केही भन्न नमिलेको उनको तर्क छ । चलचित्रको छायांकन सेटमा मोबाइल समेत लैजान नपाइने अनुभव सुनिलको छ ।

यसैबीच ‘म्यारी कोम’ पश्चात पछिल्लो समय ‘धुम-३’ को ब्यानर  कम्पनी ‘यशराज ब्यानर’को नयाँ चलचित्रमा समेत आँफुले काम गर्न लागेको सुनिलले बताएका छन् । ‘म्यारी कोम’ चलचित्र गर्दै गर्दा ‘यशराज ब्यानर’ बाट समेत अफर आयो अनि त्यसलाई नाई भनेको छैन, सुनिलले भने । तर उनले ‘म्यारी कोम’ को काम मै बढी व्यस्त हुनु परेकोले यशराज व्यानरको चलचित्रको बारेमा भने अहिले लाई आफु पुर्णतः अनविज्ञ जस्तै रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu