दुई साता पछि बल्ल आए नेपाली चलचित्र | ‘त्राश’ र ‘एभ्रीडे इज सन्डे’ हलमा



trass-poster
ठुलोपर्दा डटकम, काठमाडौं।
पछिल्लो दुई साता नेपाली चलचित्र नगरी पनि कुनै पनि चलचित्र आएनन् । आमिर खान अभिनित चलचित्र ‘धुम-३’ वर्ल्डवाईड रुपमै बल्कबस्टर बनेपछी नेपाली निर्माताहरु समेत त्यसको छायाँमा परेका थिए । तर यो हप्ता भने दुई नेपाली चलचित्र ‘त्राश’ र ‘एभ्रीडे इज सन्डे’ प्रदर्शनमा आएका छन् ।

गायक प्रकाश ओझाले निर्देशन गरेको सस्पेन्स श्रेणीको फिल्म ‘त्राश’ यो शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको हो । चलचित्र ‘त्राश’मा निराजन लुइँटेल, आयुव केसी, अनु शाह, रिया श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

त्यस्तै, गोपिकृष्ण इन्टरटेनमेन्टले प्रदर्शनमा ल्याएको चलचित्र ‘एभ्रीडे इज सन्डे’ पनि शुक्रवार देखी नै प्रदर्शनमा आएको हो । यो चलचित्र लभ र रोमान्समा आधारित रहेको बताईएको छ । सुभेन्दु घोषले निर्देशन गरेको यो चलचित्रमा त्रिशला तामाङ र सुनिल रोय चौधरीको मुख्य भूमिका छ ।

साथै, शुक्रवारदेखी नै भोली बलिउड चलचित्र ‘शोले’को थ्रीडी भर्सन समेत प्रदर्शनमा आएको छ । कुनै समयको हिट चलचित्र ‘शोले’का नायक धमेन्द्रले नेपाली बफदार हुने भन्दै कुकुरसँग तुलाना गरेपछि बलिउडकै चर्चित सिनेमा ‘शोले’ नेपालमा प्रदर्शन हुन सकेको थिएन । ‘शोले’लाई ‘जावेद अख्तरले निर्देशन गरेका हुन् । यो चलचित्रमा अमिताभ बच्चन, धमेन्द्र, हेमा मालिनी लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu