आपराधिक समूह ‘अन्डरवर्ल्ड’को कथा अब नेपाली पर्दामा



ठुलोपर्दा डटकम, काठमाण्डौ। आइतवार राजधानीमा एक नयाँ चलचित्रको निर्माण घोषणा भयो । सो चलचित्रमा पुरानो र नयाँ भन्दै पुस्तागत रुपमा छुट्टाईएका कलाकार या भनौ नेपाली चलचित्रका मुलधारका भनिएका कलाकार देखि थियटरमा चलेका कलाकारहरु समावेश हुने भएका छन् ।

‘मुखौटा’ नाम दिएर रविन श्रेष्ठले निर्माण गर्न लागेको यो चलचित्रमा नायक राजेश हमाल, सुनिल थापा, निशा अधिकारी, गायक तथा नायक रविन तामाङ, दयाहाङ राई सौगात मल्ल, हर्षिका श्रेष्ठ लगायतका कलाकारहरु पर्दामा देखिने छन् । अर्पण थापाको निर्देशनमा बन्न लागेको यो चलचित्र रीफ ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुनेछ ।

४ महिना पछि प्रदर्शनमा ल्याउने तयारी स्वरूप यो चलचित्र सोमवारदेखि फ्लोरमा जाने छ । चलचित्र ‘मुखौटा’ले अन्डरवर्ल्डको कथा भन्नेछ । यो चलचित्रमा द्वन्द चन्द्र पन्तको रहने छ ।

mukhauta

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu