व्यवसायी चाहना छैन तर चलचित्रमा इच्छुक छुः क्रिश रिजाल, निर्माता



krish-rijal
लामो समययता अमेरिकामा बस्दै आएका क्रिश रिजाल नेपाली चलचित्रको लागि नयाँ व्यक्ति हुन्। प्रवासमा रहेर पनि नेपाली कला क्षेत्रमा इच्छुक रिजालले पौष २६ मा रिलिज हुने चलचित्र ‘बितेका पल’मा लगानी गरेका छन्। राजेश घतानीसँग मिलेर सो चलचित्रमा लगानी गरेका क्रिश यो चलचित्रको लगानीबाट कत्ति पनि हतास छैनन्। ‘बितेका पल’ रिलिजको पूर्वसन्ध्यामा ठुलोपर्दा डटकमका जिवन पराजुलीले निर्माता रिजालसँग छोटो कुराकानी गरेका छन्। प्रस्तुत छ कुराकानीको संपादित अंशः

१. प्रवासमा रहँदा नेपाली कलातर्फ ध्यान जानुको मुख्य कारण के थियो ?
म एउटा नेपालीको छोरो हुँ । मलाई पनि मेरो देशको धेरै माया लाग्छ । हाम्रो नेपाली चलचित्र उद्योगमा जतिपनि चलचित्र बनिरहेका छन् ती सबैले स्वदेशी बजार मात्र लक्षित गरेका छन् । मैले नेपाली चलचित्रलाई विश्वव्यापी बनाउँने योजना बनाएको छु र त्यसकारण नेपाली कलामा लगानी गरेको हुँ ।

२. अर्काको देशमा दुखले कमाएको पैसा चलचित्रमा लगानी गर्न डर लागेन ?
विश्वका हरेक क्षेत्रहरुमा ९९ प्रतिशत मानिसहरु आफ्नो लक्ष्य प्राप्तीका लागी काम गरिरहेका छन् । मैले चलचित्र क्षेत्रमा लगानी गरेकोमा मलाई कुनै आपत्ती छैन् । मैले यसअघि नै भनिसकेको छु कि हामीले हाम्रो चलचित्र र चलचित्र उद्योगलाई विश्वव्यापी बनाउने प्रयास गरेका हौ ।

३. असुरक्षित बन्दै गएको नेपाली चलचित्र उद्योगमा तपाईँको प्रवेशलाई कसरी व्याख्या गर्न सकिएला ?
वास्तवमा मेरो व्यवसायी बन्ने कुनै चाहना छैन तर म चलचित्र क्षेत्रमा इच्छुक छु । त्यसैले जब म सानो थिए त्यतीबेलादेखि नै विद्यालयमा हुने नाटकहरुमा सहभागी हुन्थे र अन्य विभिन्न क्रियाकलापमा पनि भाग लिइयो । साँच्चै नै म चलचित्र उद्योगमा रहिरहन मनपराउँछु ।

४. प्रिमियर पनि सम्पन्न भयो, तारिफ पनि पायो ‘बितेका पल’ले। तपाईँ आफुले दर्शक बनेर हेर्नु भएको छ की छैन ?
मैले हेरिसकेको छैन् तर चाँडै हेर्नेछु ।

५. वास्तवमा सुरज सुब्बा ‘नाल्बो’ले दर्शकलाई के दिनुभएको रहेछ ?
सुरज दाई वास्तवमै नेपाली चलचित्र उद्योगको बहुप्रतिभाशाली निर्देशक हुनुहुन्छ । वँहाले जहिले पनि दर्शकहरुलाई राम्रो सन्देश दिने गर्नुभएको छ ।

६. कथा मात्र नभएर सत्य कथा भनिएको छ, खासमा तपाईँ वरपरकै कथा त होइन ?
हा हा हा । यो कुनै मेरो कथा होइन तर कसैसँग सम्वन्धित छ ।

७. अविनाश गुरुङ्लाई मुख्य भुमिका दिईनुमा खास कारण के थियो ?
म सबैको भुमिकालाई कदर गर्छु । तर अभिनाष यो चलचित्रमा ‘लिडिङ’ पात्रको रुपमा सक्षम देखिन्छ ।

८. अविनास, बाबु र केकी तीनैजनाको अभिनयलाई एउटै वाक्यमा भन्नुपर्दा ?
सबैले उत्कृष्ट काम गरेका छन् र सबै दक्ष पनि छन् ।

९. अन्त्यमा?
अन्त्यमा म सबैजनालाई एकपटक ‘बितेका पल’ हेरिदिन र नेपाली चलचित्रलाई माया गरिदिनहुन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu