जाडो विदाई गर्न भारतिय गायक मिका सिंह काठमाण्डौ आउँदै



mikha-sing-tp
अनिल यादव, काठमाण्डौ।
भारतका चर्चित ‘प्लेब्याक सिंगर’ मिका सिंह नेपाली श्रोताहरुलाई सांगतिक मनोरंजन दिएर नचाउनका लागी यही फागुन १७ गते राजधानी आउने भएका छन् ।

मुनलाईट रेकर्डस् प्रा.ली. को आयोजनामा हुन लागेको ‘मिका सिंह लाइभ इन कन्सर्ट’ मा सहभागी जनाउनका लागी पछिल्लो समय बलिउड बादशाहको उपमा पाएका लोकप्रिय गायक मिका आफ्नो १८ जनाको टोलीसहित नेपाल आउने भएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइयो । मिकाले बलिउडका चर्चित गीतहरु सिंग इज किंग, ढिंका चिका, पुंगी बजाकर, शुभ होने ना दे लगायत गाएका छन् ।

करिब दुई करोड बजेटमा आयोजना हुन लागिरहेको उक्त कन्सर्टमा मिक्कालाई ल्याउनका लागी मात्र ५० देखि ८० लाख विचमा कुरा भइरहेको बताइएको थियो । आयोजकले वास्तविक सहमतीका विषयमा भने खोल्न चाहेन ।

नेपाली संगीतका माध्यमवाट नेपाल भारतबीच रहदै आएको सुमधुर सम्बन्धमा अर्को एक महत्वपूर्ण इट्टा थपिने विश्वासका साथ आयोजना गरिन लागेको उक्त कन्सर्टवाट उठेका रकम कुनै क्रियाशिल सामाजिक संस्थामा ‘च्यारिटी’ गरिने मुनलाईट रेकड्सका कार्यकारी अध्यक्ष चन्द्रप्रकाश शर्माले जानकारी दिए ।

निर्देशक तथा पत्रकार दिनेश डिसीले संचालन गरेको पत्रकार सम्मेलनमा कार्यक्रमको औचित्यका विषयमा आयोजकका तर्फवाट वरिष्ठ चलचित्र पत्रकार प्रदिप भट्टराईले प्रकाश पारेका थिए ।

mika-singh
नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना गरिन लागेको उक्त कार्यक्रमको प्रायोजक, सहप्रायोजक र अन्य सहयोगी हातहरुको भने खोजी भइरहेको बताइएको छ । ओडिसी इन्टरटेन्मेन्टले व्यवस्थापनको जिम्मा लिएको उक्त कन्सर्टको हस्पिटालिटी पार्टनर सांग्रिला होटल रहेको छ । कन्सर्टका लागी ५ सय, १५ सय र तीन हजार टिकट दर रहने पनि पत्रकारहरुलाई जानकारी गराइयो ।

यसअघि पनि राजधानीमा आतिफ आस्लाम, ब्राण्ड एडम्स, मोहित चौहान लगायतका विश्वचर्चित कलाकारहरुको लाइभ कन्सर्टको आयोजना भइसकेको छ । तीस हजार दर्शकको अपेक्षा राखिएको मिक्का सिंहको कन्सर्टवाट फेरी टुंडिखेल तीन घण्टाका लागी तातिने पक्कापक्की अघिल्ला कन्सर्टमा देखिएको अप्रत्याशित भिड र मिक्काप्रति नेपालीको क्रेजले प्रष्ट छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu