पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को दोस्रो गीत ‘मेरो माया कतारमा’ रिलिज भएको छ । शम्भुजित बाँस्कोटको संगीत रहेको गीतमा श्रीपुरुष ढकालको शब्दमा शम्भुजितसँगै सुमन गुरुङले स्वर भरेका छन् ।

कोरियोग्राफी बसन्त श्रेष्ठको छ । गीतमा मोडल सोनिका केसी बोल्ड अवतारमा प्रस्तुत छिन् । अभिनेत्री बर्षा राउतले पनि ठुम्का लगाएकी छन् । चलचित्रमा विल्सन विक्रम राई, सन्तोष पन्त, तैयव शाह, रबिन्द्र झा, निर्मल शर्मा, अजाश्र ढुङ्गानालगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।
सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निर्माण रहेको यो चलचित्रलाई दिर्घ गुरुङले खिचेको हुन । ‘चौका दाउ’ मा मित्र डि.गुरुङको सम्पादन रहेको छ । पुर्नेन्दु झा निर्देशित यस चलचित्रमा संगीतकार बाँस्कोटाको कथा छ ।
भिडियो :-






