चर्चित डान्स ग्रुप कार्टुन क्रुजकी मुख्य सदस्य आश्मा विश्वकर्मा फेरि नयाँ वेब सिरिजबाट टेलिभिजन स्कृनमा देखिने भएकी छिन् । नयाँ सिरिजको नाम ‘यू एण्ड आई’ जुराइएको छ । कान्तिपुर एचडीबाट उक्त सिरिज चाँडै प्रसारण हुँदैछ ।
सोमवार राजधानीमा एक कार्यक्रमका बीच सिरिजको औपचारिक घोषणा गरिएको थियो । साथै, टिजर पनि सार्वजनिक गरियो । यो सिरिजमा आश्माको जोडी अभिनेता सन्नी सिंहसँग बाँधिएको छ ।
यसलाई ‘हाम्रो स्कुल’, ‘ट्वान्टी फस्ट लभ’ जस्ता वेब सिरिज निर्देशन गरिसकेका सरिन पोखरेलले निर्देशन गर्दैछन् । उक्त सिरिजमा तमन्ना केसी, जित तामाङ, प्रकाश बुढाथोकी, अविप्सा खनाल, श्याम राईलगायतको पनि अभिनय रहनेछ ।
संकल्प भुजेलले खिच्ने वेब सिरिजमा एलिस कार्की र कोविद बज्रको संगीत छ । बसन्त अधिकारी र निर्देशक पोखरेलले मिलेर स्क्रिनप्ले र डाइलग लेखेका छन् । रामप्रसाद चौधरीले सिरिजको सम्पादन गर्नेछन् ।
टिजर हेर्नुहोस् :-