लियोनार्डो अब निर्माता



हलिउड सुपरस्टार लियोनार्डो डिकाप्रियोले विख्यात विज्ञान कहानी लेखक एचजी वेल्सको चर्चित उपन्यास ‘टाइम मेसिन’ माथि निर्माण हुन लागेको चलचित्र बनाउनेभ एका छन् । लियोनार्डो यो चलचित्रबाट निर्माताका रूपमा प्रस्तुत हुन लागेका हुन् ।

चलचित्रको निर्देशन चर्चित निर्देशक एन्डी मसेतीले गर्नेछन् । चलचित्र ठूला स्टुडियो वार्नर ब्रदर्स र प्यारामाउन्ट मिलेर बनाउँदै छन् । लियोनार्डोले सन् २०१६ मा ‘द रेभेनेन्ट’बाट ओस्कर जितेका थिए । उनका अधिकांश चलचित्र ब्लकबस्टर छन् ।

प्रायः चलचित्रमा फरक भूमिकामा देखिने यी हलिउड सुपरस्टार डिकाप्रियोको आफैँले निर्माण गरेको फिल्म कस्तो हुनेछ ? दर्शकले कौतुहलताका साथ व्यग्र प्रतीक्षा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu