जवानीमा मेरा कयौं प्रेमिका थिए : ज्याकी



हलीउड अभिनेता तथा कुंगफू मास्टर ज्याकी च्यान पूरा दुनियाँमा चर्चित छन् । उनी मात्र एक्टर र स्टन्टम्यान होइनन् डायरेक्टर, प्रोड्यूसर, स्क्रीनराइटर, एक्सन कोरियोग्राफर, सिंगर, स्टन्ट डाइरेक्टर, स्टन्ट परफर्मर पनि हुन् । चिनियाँ रिपोर्ट्सको खबरलाई आधार मान्ने हो उनले सबैको विपक्षमा गएर जोअन लिनसँग विवाह गरेका थिए ।

खासमा, उनकी पत्नी जोअन लिन विवाह अगाडि नै गर्भवती भएकी थिइन्, त्यसपछि उनलाई विवाह गर्न करै लाग्यो । समाचार वेबसाइट एशियाले ज्याकी च्यानको खबरलाई आधार मान्दै लेखेको छ, ‘पहिलो सन्तान आउनु एक्सिडेन्ट थियो । मैले कहिले पनि विवाहको बारेमा सोचेको थिइनँ । मलाई महशुस भयो कि मैले दबावमा विवाह गर्दैछु ।’

चिनियाँ मिडियाका अनुसार, उनले यसको खुलासा सन् २०१५ मा एक अन्तर्वार्ताको क्रममा गरेका हुन् । अन्तर्वार्तामा ज्याकी च्यानले कयौं चकित बनाउने खुलासा पनि गरेका छन् । उनले भने, ‘मेरो जवानीमा कयौं प्रेमिकाहरु थिए । मैले लिनसँग त विवाह यस कारण गरेको थिएँ, किनकी प्रश्न मेरो बच्चामा थियो । मेरो र लिनको बीचमा प्रेम त पहिले नै सकिएको थियो ।’

विश्वका दोस्रो सबैभन्दा बढी कमाई गर्ने कलाकारको रुपमा समेत आफ्नो स्थान कब्जा गरेका ज्याकी च्यानको जब जन्म भएको थियो, तब उनको परिवार निकै गरिब थियो । यति धेरै गरिब कि उनको राम्रोसँग पालनपोषण पनि परिवारले गर्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu