करोडौँको चलचित्र बजारमा यो शुक्रवार ठुला रिलिज



बैकुण्ठ पराजुली, काठमाण्डौ। नेपाली चलचित्र उद्योगमा एकैपटक ‘धुम-३’ नामको सुनामी जस्तै आयो । करोडौं नेपाली रुपैयाँ कुम्ल्याई लग्यो, अझै पनि कुम्ल्याईरहेको छ । बर्षमा करिब १२० को हाराहारीमा प्रदर्शनमा आउने नेपाली चलचित्र मध्ये मुश्किलले आधा दर्जन चलचित्रले मात्र लगानी उठाउन सक्छन् तर यहि बजारमा प्रदर्शन हुने बलिउडका कारिब ८०% चलचित्रहरु मध्ये केहिले करोड त केहीले लाखौं रकम कुम्ल्याएर लगेको तितो यथार्थलाई नियाल्दा नेपाली चलचित्र बजारमा बलिउडको ‘सुनामी’ आएको भन्दा अनुपयुक्त नहोला ।

यो क्रम चलिरहँदा यतिबेला सम्पुर्ण नेपाली चलचित्र उद्योग नै या भनौं नेपाली चलचित्रसँग चासो राख्ने सम्बद्ध पक्ष यही पुस २६ को पर्खाइमा छ । कारण यो हो की सो मितीमा पछिल्लो समय व्यापक प्रचार-प्रसारमा रहेका दुई नेपाली चलचित्र ‘बितेका पल’ र ‘छ एकान छ’ प्रदर्शनको तयारीमा छन् । सोही मिती मै अन्य दुई चलचित्र ‘पराई’ र ‘योद्धा’ पनि प्रदर्शनको तयारीमा रहे पनि माथी उल्लेखित दुई चलचित्रको तुलनामा बजारमा यी चलचित्रको चर्चा कम छ ।

चलचित्र ‘छ एकान छ’ मा नेपाली सानो पर्दामा एकछत्र जस्तै राज गरेका कलाकारहरुको बर्चस्व रहेको छ, यो चलचित्र कमेडी भएकोले पुर्णतः हाँसोको खुराक भनिएको छ र कमेडी रुचाउने धेरै नेपाली दर्शकको मनमा बस्न सक्ने आंकलन गरिएको छ भने ‘बितेका पल’ यथार्थ कथामा आधारित रहेको चलचित्र भनिएको छ । यो चलचित्रको निर्माण युनिटले गत पुस १४ गते गरेको प्रिमियर पश्चात धेरै तह र तप्काका दर्शकले तथा अन्य प्रवुद्ध ब्याक्तित्वहरुबाट राम्रो भन्ने प्रतिक्रिया पाए पछि दर्शकमा समेत यो चलचित्र प्रदर्शनमा कहिले आउला र हेरौंला भन्ने कौतुहलता बढ्दै गएको पाइन्छ ।

केही चलचित्र बिश्लेषकहरु चलचित्र ‘छ एकान छ’ टेलिसिरियलमा पनि राम्रो छाप छोडेका कलाकार रहेको चलचित्र भएकोले अधिकांश नेपालीले कमेडी मन पराउने हुँदा यो चलचित्रलाई धेरै नेपाली दर्शकले रोज्ने बताउँछन । तर कतिपयले भने टेलिसिरियलमा हाँसो को बर्षा ल्याउने कलाकार भए पनि यो चलचित्रलाई बाहिर बाट बुझ्दा त्यही सिरियलको जस्तै कुराहरु जोडेर लामो बनाउने प्रयत्न मात्र गरेकोले यो चलचित्रलाई ठुलो सफलता हात पार्न गार्हो पर्ने तर्क गर्छन् ।

biteka-pal-11
तर अहिले सम्मको पब्लिसिटी हेर्दा कुन चलचित्र दर्शकले रोज्छन् अनी कुन चलचित्र सफल हुन्छन भन्ने कुरामा ठोकुवा लगाउनु उपयुक्त देखिँदैन । त्यसैले पनि यसको लागी पुस २६ गतेको या भनौं त्यसपछाडीका एक, दुई दिनमा कुन चलचित्रलाई हेर्न बढि दर्शकहरु हलसम्म पुग्छन भन्ने कुराको प्रतिक्षामा बस्नु उचित हुनेछ ।

चलचित्र ‘बितेका पल’मा केकी अधिकारी, बाबु बोगटी, अविनाश गुरुङको मुख्य भुमिकामा अभिनय रहेको छ, भने अर्को चलचित्र ‘छ एकान छ’मा दिपकराज गिरी, जितु नेपाल, सिताराम कट्टेल (धुर्मुस), शिवहरि पौड्याल, भिजे सन्दिप क्षेत्री र अभिनेत्री नीता ढुङ्गानाको मुख्य अभिनय रहको छ ।

यी दुई चलचित्रको लडाईं केवल हप्तैपिच्छे प्रदर्शनमा आउने चलचित्रको लडाईंको रुपमा मात्र नभई ‘प्रेम कथामा आधारित चलचित्र’ अनी ‘कमेडीबेसको चलचित्र’को लडाईंको रुपमा पनि छ । त्यसैले धरैले यो चलचित्रमा निर्देशक द्वय सुरज सुब्बा नाल्बो र दिनेश डिसी बीचको पनि लडाईंको रुपमा लिएका छन् । यी दुबै निर्देशक अनुभबी अनि जुनकुनै चलचित्रमा पनि संभावना देखाउने निर्देशकमा पर्दछन् ।

6-ekan-6
अर्को पाटोबाट हेर्दा यो पुस २६ पछी निर्माण युनिटले धरै रकम खर्चेर प्रचारप्रसार गर्दा चलचित्र हेर्नलाई दर्शक हलसम्म आउँछन कि आउँदैनन् भन्ने कुराको वा भनौं ठुलो प्रचार-प्रसारले चलचित्र लाई व्यापारिक सफलता हात पार्न कत्तिको सहयोग मिल्छ भन्ने कुराको पनि छिनोफानो पनि लाग्नेछ । किनकी आफ्नो चलचित्रको प्रचार प्रसारलाई ‘छ एकान छ’ र ‘बितेका पल’को निर्माण युनिट ‘को भन्दा को कमको’ पारामा पैसाको कुनै प्रवाह नगरी प्रचार-प्रसारमा लागिरहेको छ ।

हुन त सानो व्यापारिक क्षेत्र भएको नेपाली चलचित्र वजारमा एकै समय धेरै चलचित्र प्रदर्शनमा ल्याउन खोज्नु सम्बन्धित चलचित्र निर्माताको मुर्खता नै हो । तर जे होस अहिले नेपाली चलचित्रलाई नजिक बाट बुझ्ने चलचित्र संवद्ध पक्षको चाहना भने यी दुई चलचित्र मात्र होईन यी चलचित्र सँगै प्रदर्शनको तयारीमा रहेको अर्का दुई चलचित्र ‘पराई’ र ‘योद्धा’ले पनि राम्रै व्यापार गरुन भन्ने छ । त्यसैले धेरैले यति चर्चामा रहेका चलचित्रले पनि राम्रो व्यापार गरेनन् भने अन्य चलचित्रलाइ पनि गार्हो हुन सक्ने अनुमान समेत लगाएका छन । शुन्य प्रायः बनेको नेपाली चलचित्रको बजारलाइ उकास्नको लागी कुनै न कुनै चलचित्रले सफलता हासिल गर्नै पर्छ ।

त्यसको लागी पनि अहिले सम्म प्रदर्शनमा आएका धेरै चलचित्रले हावा खाएको भिडमा यी चलचित्रले सफलता हासिल गरेर आशाको किरणलाई जीवितै राखुन भन्ने हाम्रो चाहना हो । त्यसैले माथी उल्लेखित चलचित्रले आ-आफ्नो तर्फबाट दर्शकको मन जित्न सकुन अनि राम्रो व्यापार गरुन, हाम्रो तर्फबाट शुभकामना !!!

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu