सुटिङमा जाने क्रममा विपिनको दुर्घटना



अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् । मोटरसाइकलमा सवार उनलाई कलंकीमा विपरित दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएपछि उनको दाहिने खुट्टामा चोट लागेको छ । अहिले उनको बल्खुमा अवस्थित बयोधा हस्पिटलमा उपचार भइरहेको छ ।

‘जात्रै जात्रा’ को सुटिङमा जाने क्रममा उनको दुर्घटना भएको हो । निर्देशक प्रदीप भट्टराईले अभिनेता कार्कीको अवस्था भने सामान्य रहेको बताए । ‘खुट्टा फ्याक्चर भएको हुनसक्ने हाम्रो शंका छ । अस्पतालबाट रिपोर्ट भने आएको छैन’, उनले भने ।


ठक्कर दिने मोटरसाइकल चालक भने फरार छन् । विपिनको दुर्घटना भएपछि चलचित्र ‘जात्रै जात्रा’ को सुटिङ रोकिएको छ । निर्देशक भट्टराई भन्छन्, ‘अहिले सुटिङ रोकिएको छ । डाक्टरले केही दिन रेस्ट गर्नु पर्छ भने सुटिङ रोक्नुको विकल्पै छैन ।’

यही मंसिर २१ गते विपिन अभिनीत चलचित्र ‘प्रसाद’ रिलिज हुँदैछ । अहिले उनी ‘जात्रै जात्रा’ को सुटिङ र ‘प्रसाद’ को प्रचार एकसाथ गरिरहेका छन् । गएको वर्ष चलचित्र ‘नाका’ र यस वर्ष उनको चलचित्र ‘हरी’ रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu