सचीले जितिन् मिस एभिसन क्विनको उपाधि



काठमाडौं | काठमाडौंमा सम्पन्न ‘मिस एभिएसन क्विन–२०१८’ को उपाधि ललितपुरकी सची पौडेलले जितेकी छिन् । १८ जना प्रतिस्पर्धिलाई पाखा लगाउँदै सचीले उक्त उपाधि जित्ने क्रममा एउटा एयरलाइन्स कम्पनिमा एयर होस्टेसको जागिर पाउने निश्चित गरेकी छिन् भने विभिन्न उपहारहरु समेत प्राप्त गर्न सफल भएकी छिन् ।

टच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा पूनम लिम्बुको फस्ट रनर्स अपको उपाधि जितिन् भने सुमी पोर्टेलले सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भइन् । दीपिका पाठक तथा नेहा चौधरीले क्रमशः थर्ड रनर्स अप तथा फोर्थ रनर्स अपको उपाधि जिते ।

साहारा ईन्टरनेशनल एयरहोस्टेस एकेडेमीको सहकार्यमा आयोजित उक्त प्रतियोगितामा एयर होस्टेसको प्रशिक्षण लिएका तथा लिइरहेका १९ जना युवतीहरुले प्रतिस्पर्धा गरेका थिए । थापाथलीस्थित मुड्स लाउञ्जमा अभिनेता एसराज गराच तथा तेन्जु योञ्जनको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा विभिन्न शीर्षक उपाधिहरु समेत प्रदान गरिएको थियो ।

प्रतियोगितामा कविता घलले बेस्ट स्पिच, पुनम लिम्बुले बेस्ट सिंगर, श्रेया सिंह ठकुरीले बेस्ट डान्सर, रिजा उदयले एक्स्ट्रा ट्यालेन्ट, सची पौडेलेले मिस ट्यालेन्ट, लक्ष्मी तामाङले मोस्ट पपुलर, छुनु सेन्चुरीले मोस्ट पपुलर अन इन्टरनेट, नेहा चौधरीले भ्युअर्स च्वाइस, दीपिका पाठकले बेस्ट पर्सनालिटी, नेहा चौधरीले बेस्ट स्माइल, सुमी पर्तेलले मिस फोटोजेनिक, यान्जिला शेर्पाले मिस ब्युटिफूल, बबिना अर्जेलले मिस चार्मिङ, अलिशा चौलागाईंले मिस फ्रेण्ड्ली, अनिशा न्यौपानेले मिस डिसेन्ट, कृती खत्रीले मिस इनर्जेटिक, रीया भारतीले बेस्ट परफमर र मोस्ट कन्फिडेन्ट, एन्जिमा शेर्पाले मिस इन्टेलिजेन्ट, दिक्षा चौधरीले मिस क्याटवाक तथा आ“चल खड्काले मिस डाइनामिकको उपाधि जित्न सफल भए ।

हास्य अभिनेता गोपाल ढकाल छन्देद्वारा हास्यरस शैलीमा सञ्चालन गरिएको उक्त प्रतियोगिताको व्यवस्थापन जोर्डन राजभण्डारी तथा विजया शाहले संयुक्त रुपमा गरेका हुन् । मिथुन थापाको सह–कोरियोग्रँफी रहेको प्रतियोगिताका क्रममा प्रतिस्पर्धि युवतीहरुले डिजाइनर सोनी मगरद्वारा डिजाइन गरिएका पहिरनहरु प्रदर्शन गरेका थिए ।

प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य गणेश दुलालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा अभिनेता सुनिल थापा, त्रिभुवन विमानस्थलका व्यवस्थापक राज क्षेत्री, नेपाल एयरलाइन्सका निर्देश्ँक अच्युतराज पहाडी, नेपाल रेस्लिङ एसोसिएसनका अध्यक्ष नारायण देव राणा, बुद्ध एयरलाइन्सका मार्केटिङ मेनेजर बिनिता थापा, मिस नेपाल २००० उषा खड्गी, अन्तर्राष्ट्रिय मोडल दिक्पाल कार्की तथा एयर होस्टेस पूजा सिलवाल निर्णायकको रुपमा रहेका थिए ।

प्रतियोगिताको क्रममा बाल कलाकार अर्बियन खड्का, अभिनेता रोहित रुम्बा, नृत्यांगना तेन्जु योञ्जनले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने गायिका सिर्जना खत्री हाउडेमायाले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu