अडियोमा यस्ता छन् ‘ऋतु’का गीत | फागुन २३ मा विश्वब्यापी रिलिज हुँदै



ritu
ठुलोपर्दा डटकम, काठमाण्डौ।
आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस् र अपिल विष्ट फिल्म प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको ‘ऋतु’को अडियो गीत सार्वजनिक गरिएको छ। ‘ऋतु’का गीतमा हेमन्त राणा र सुजिल कर्माचार्यको संगीत  र रचना निष्प्रभ सजीको रहेको छ।

‘तिमीलाई घामले चुम्दा पनि …’, ‘माया लाग्दैन अब … (पुरुष)’, ‘कम अन बेबी …’, ‘माया लाग्दैन अब … (महिला)’, ‘माया लाग्दैन अब … (अनप्लग्ड)’ गीतहरु सार्वजनिक भएका छन्।

राजबल्लभ कोईराला, नव-नायक बिष्णु न्यौपाने, रिमा विश्वकर्मा र पूर्व मिस नेपाल मलिना जोशीको मुख्य अभिनय रहेको ‘ऋतु’लाई मनोज अधिकारीले निर्देशन गरेका छन्। प्रेमकथामा आधारित यो चलचित्र फागुन २३ (मार्च ७, २०१४) मा विश्वव्यापी रिलिज गरिने निर्माता अपिल बिष्टले ठुलोपर्दा डटकमलाई बताए।

गीतहरु यहाँ सुन्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu