‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई रेखाले सघाउने



अभिनेत्री रेखा थापाले मधेश सरकारले लागू गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई सघाउने भएकी छन् ।उनले प्रदेशमा उक्त अभियानको लागि एक शान्तीदुतको रुपमा अभियान सञ्चालन गरिएको बताएकी छिन् ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउतको कार्यालयमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सरकारले सञ्चालन गरेको अभियानमा प्रत्यक्ष रुपमा सघाउने बताइन् ।


उनी भन्छिन्, ‘यो अभियानलाई पैसा दिएर होइन, तराई मधेशसहित देशभरिकै जिल्लाहरुमा आफ्नो अधिकारबाट बञ्चित भएकी, महिला हिंसाको सिकार भएकी र सुतेकी छोरीहरुलाई अधिकारको लागि, समृद्धीको लागि जगाउन चाहन्छु । म एउटा जिल्ला मात्र होइन देशको हरेक जिल्ला घुम्न चाहन्छु ।’

उनले प्रदेश नं. २ मा छोरीको शिक्षा सम्बन्धी अभियान तथा महिला हिंसा विरुद्धको अभियानलाई सँगै लैजाने बताइन् । मुख्यमन्त्री राउतले समाजिक रुपान्तरणको अभियानअन्तर्गत सरकारले ल्याएको अभियानमा नायिका रेखा थापाले प्रवद्र्धन गर्ने इच्छा व्यक्त गर्नु प्रदेशकै लागि सुखद रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu