हलिउड अभिनेता मोर्गन फ्रिम्यान काठमाडौंमा



अस्कर विजेता हलिउड अभिनेता मोर्गन फ्रिम्यान काठमाडौं आएका छन् । ‘द स्टोरी अफ गड’ नामक टेलिभिजन श्रृङ्खलाको छायांकनका लागि उनी नेपाल आएका खबर छ । फ्रिम्यान नेपालमा रहेको जानकारी युनिभर्सिटी अफ नर्थ टेक्ससले आफ्नो आधिकारिक ट्वीटरमार्फत दिएको छ ।

उनी नेपाल रहँदा विभिन्न ठाउँको भ्रमण गर्नुका साथै फरक-फरक धर्महरुको बारेमा समेत जानकारी लिनेछन् । उनको श्रृङ्खलाको प्रमुख उद्देश्य विश्वभरका मानिसमा रहेको विश्वासले उनीहरुको जीवनलाई आएको परिवर्तन बुझ्नु रहेको बताइएको छ ।


८१ वर्षीय फ्रिम्यानले चर्चित हलिउड फिल्ममा समेत अभिनय गरेका छन् । उनले ‘गोइङ इन स्टाइल’, ‘स्ट्रीट स्मार्ट’, ‘ग्लोरी’, ‘द रिडम्पशन’, ‘ब्रूस अलमाइटी’ लगायतका फिल्ममा अभिनय गरेका छन् । फिल्म ‘इन्भिक्टस’ मा उनले दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको भूमिका निर्वाह गरेका थिए ।

मोर्गनले छायांकन गर्ने टेलिभिजन श्रृङ्खला नेशनल जियोग्राफि च्यानल मार्फत प्रशारण गरिने छ । हलिउडमा सर्वाधिक कमाइ गर्ने कलाकार समेत रहेका उनलाई फिल्म ‘गोइङ इन स्टाइल’ की एक महिला प्रोडक्शन असिस्टेन्टले यौन शोषणको आरोप समेत लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu