‘हलमा नजाँदासम्म पराई, हेरिसकेपछि आफन्त’



parai-111
ठुलोपर्दा डटकम, काठमाडौं।
यहि पुस २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘पराई’ युनिटले बुधवार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रम पुर्णतः स्वर्गिय निर्देशक शिव रेग्मीको सम्झनामा केन्द्रित बन्यो ।

कार्यक्रममा चलचित्र ‘पराई’का निर्माता तथा चलचित्रका नायक गोविन्द शाहीले रेग्मीको सम्झनामा चलचित्रको सुटिङ्गको समयको सँगै हुँदाको अनुभव बताउँदा धेरै जना भावुक बनेका थिए । यो चलचित्र स्व. निर्देशक रेग्मीको निधन पश्चात प्रदर्शनमा आउन लागेको पहिलो चलचित्र हो ।

यो चलचित्रमा गोविन्द शाही सँगै गरिमा पन्त, निरज बराल, नन्दिता केसी लगायतका कलाकारहरुको अभिनय छ । कार्यक्रममा बोल्दै नायिका गरिमाले यो चलचित्र ‘पराई’ हलसम्म नजादा मात्र भएको भन्दै गएपछि सबै आफन्त हुने दाबी गरिन् । चलचित्रमा दीपक कुमार शाही, कुन्ती शाही, गोविन्द शाही र कमल खड्काको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu