थोत्रा कार र बाईक मुनी आर्यन शिल्पा यसरी माते | फोटो फिचर



aaryan-shilpa-1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
स्थानः- काठमाडौंको  चलचित्र विकास निगम बालाजु स्टूडियो । बुधवारको दिन दिउँसोको समय । काठमाण्डौको बालाजुमा रहेको चलचित्रको सुटिङ स्टूडियोमा बुधवार पुग्दा दृश्य अचम्मको देखियो । यताउता जताततै थोत्रा गाडी । तर ती गाडी थोत्रा भनेर हेर्दै नहुने खालका नभई हेरिरहुँ जस्तो लाग्ने गरी चिटिक्क पारिएका थिए भने नायक आर्यन सिग्देल र नायिका शिल्पा पोखरेल यो दृश्यमा मुख्य केन्द्रबिन्दु थिए ।
aaryan-shilpa-2
नृत्य निर्देशक कविराज गहतराज यो भएन त्यो भएन भन्दै उनीहरुलाई केही कुरा सिकाउनमा व्यस्त देखिन्थे । भने निर्माता छबीराज ओझा कुनै एक छेउमा बसेर यो दृश्यलाई नियाल्दैमा व्यस्त थिए । यती पढीसक्दा पक्का पनि तपाईंको मनमा के हुँदै रैछ त त्यो ठाउँमा भन्ने कौतुहलता पक्का पनि जाग्यो होला । यो दृश्य कुनै नाटक तथा स्टेज कार्यक्रमको थिएन, थियो त नेपाली चलचित्र ‘लज्जा’को एक गीत सुटिङको क्रममा सजाइएको दृश्य थियो ।

aaryan-shilpa-3
लज्जा भित्रको ‘मात लाग्यो मात लाग्यो …’ बोलको गीतको दृश्य छायाँकनको समयमा यस्तो दृश्यहरु देखिएको हो । चेतन सापकोटाले संगीत भरेको यो गीतमा नायक आर्यनसँग शिल्पाले ‘मात लाग्यो’ भन्दै मातलाई कम गर्ने ओखती खोजेकी छिन् । यो गीतको छायांकनसँगै नवल नेपालले निर्देशन गरेको यो चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । यो चलचित्र ‘छबिराज प्रोडक्सन’को ब्यानरमा तयार हुन लागेको चलचित्र हो ।

निर्माता छबि चलचित्र ‘लज्जा”ले घट्दै गएको आर्यनको क्रेजलाई उठाउने तथा डेब्यु नायिका शिल्पालाई दमदार अभिनयकी कलावान नायिकाको रुपमा चिनाउनेमा पुर्णतः आशावादी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu