र्‍यापबाट बेरोजगारीको पिडा ओकल्दै रोहित | फागुन २३ बाट ‘तोरी लाहुरे’



rohit
ठुलोपर्दा डटकम, काठमाडौं।
मंगलवार राजधानीको कुनै रेकर्डिङ् स्टुडियोमा हामी पुग्दा एक युवक बेरोजगार नेपाली युवकहरुको पीडालाई शब्दमा उतारेर र्‍याप पारामा गाउँदै थिए । उनका शब्दले नेपालमा धेरै मान्छेहरुमा स्वार्थीपना बढेको बताउँथ्यो, भने बुद्ध जन्मेको देशमा अशान्ती बढ्दै गएकोमा समेत केही दुःखी बनेको कुरा प्रष्ट बुझिन्थ्यो । यस्तो पीडालाई र्‍याप गीतको माध्यमबाट प्रस्तुत गर्ने युवक अरु कोही नभई आँफुलाई ‘डान्सर हिरो’ भन्न रुचाहने नायक रोहित रुम्बा थिए ।

आउँदो फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘तोरी लाहुरे’मा समेटिएको कथाबस्तुलाई रोहितले यो र्‍याप गीतमा प्रस्तुत गरेका हुन् । रोहित कुनै समयका चर्चित र्‍याप हुन । नेपाली रजतपटमा जम्नको लागी लामो समयदेखी संघर्ष गरेका रोहित यो चलचित्रमा मुख्य पात्रको रुपमा देखिंदैछन्, भने उनीसँगै गजित बिष्ट, अशिस्मा नकर्मी, सुवास थापा लगायतका कलाकारहरुको पनि यो चलचित्रमा अभिनय रहेको छ ।

यो चलचित्र ‘रिदम एण्ड दिलिप फिल्मस’को ब्यानरमा तयार भएको हो । निरज कँडेलको छायांकन रहेको यो चलचित्रमा दिलकुमार तामाङ र रोशिफ तामाङको संयुक्त लगानी रहेको छ । चलचित्र ‘तोरी लाहुरे’को कथा भने कृष्ण आचार्यले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu