‘प्रेमलीला’ को ‘मिस गरें’ गीत सार्वजनिक (भिडियो)



चलचित्र ‘प्रेमलीला’ को दोश्रो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको ‘मिस गरें’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा नायिका दिपशिखा खड्का र नायक मौसम खड्का फिचर्ड छन् ।

सार्वजनिक गीतमा डा कृष्णहरी बरालको शब्द, हरी लम्सालको संगीत रहेको छ भने युवराज चौलागाई र मेलिना राईको स्वर सुन्न सकिन्छ ।

सार्वजनिक भिडियोमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । यसअघी चलचित्रको फर्स्ट लुक पोस्टर र हिन्दी भर्सनको गीत सार्वजनिक भइसकेको छ ।

दीपशिखा खड्का र मौसमसँगै भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको चलचित्रमा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायत रहेका छन् ।

नायिका खड्का कै कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्म्सले निर्माण गरेको हो । सुनिल मानन्धरले वितरण गर्न लागेको चलचित्र माघ २५ बाट देशभर रिलिज हुँदैछ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu